काठमाडौं ।
सनातन धर्म सापेक्ष हिन्दु, बौद्ध ,किराँत राज्य तथा अभिभावकिय संस्थाको रुपमा राजसंस्था पुनःस्थापना गरेर देशको स्वाधीनताको रक्षा गर्नुपर्ने सवालमा सोलुखुम्बुका राष्ट्रबादी नागरिकहरु एकजुट भएका छन ।


सोलुखुम्बु बाट काठमाडौ आई विभिन्न पेशा व्यवसाय गरेर बसेका तथा विभिन्न संघसंस्थामा आवद्ध नागरिकहरुको शनिबार भएको नागरिक भेलाले अधिवक्ता हरि कटेलको संयोजकत्वमा राष्ट्रबादी स्वतन्त्र समाज सोलुखुम्बु गठन गरेको छ ।

नागरिक भेलामा राजनितीक बिश्लेष्क तथा पुराना राजनितीज्ञ अनार सिंह कार्की , लेखक पेशल निरौला राप्रपा केन्द्रीय सदस्य एजि शेर्पा , राप्रपा सोलुखुम्बु अध्यक्ष राजेन्द्र बस्नेत, नेकाका क्रियाशिल सदस्य अश्बिन निरौला पुर्व माओवादी नेता भरत ढुङ्गेल प्राध्यापक केशव प्रसाद निरौला पर्यटन व्यवसायी हितमान भुजेल ज्योतिष खिलानाथ काफ्ले लगायत दर्जनौं व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

भेलाले समान बिचार राख्ने राजनितिक दल , समुह र नागरिकहरु सग निरन्तर छलफल गर्दै अभियान लाई जिल्लाभर संचालन गर्ने निर्णय समेत गरेको संयोजक कटेलले जानकारी दिए ।
भेला लाई सम्बोधन गर्दै बिश्लेष्क कार्कीले नेपाली काङ्ग्रेसले बाटो बिराएको कारण आफू निष्क्रिय बसेको , दिल्लीमा १२ बुद्दे सम्झौता मार्फत दलहरूले गरेको गल्तीले देशको अस्तित्व नै समाप्त हुने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरे । उनले आफुले सल्लाह सुझाव मात्र दिन सक्ने भन्दै देशको अवस्था ठिक बनाउन सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने कुरामा जोड दिए ।
त्यस्तै लेखक निरौलाले पनि देशको अस्तित्व र स्थायीत्वको लागि राजसंस्था अपरिहार्य आवश्यकता रहेको बताए । राप्रपा केन्द्रीय सदस्य शेर्पाले देशको बारेमा चिन्ता गर्नु सचेत नागरिकहरुको कर्तव्य भएको कुरामा जोड दिए ।
राप्रपा सोलुखुम्बुका अध्यक्ष बस्नेतले राप्रपाले देशको स्वाधीनता र स्वतन्त्रताको रक्षाका लागि राजसंस्था र सनातन हिन्दुराज्यका साथै कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने निर्वाचन अगावै राजा, राजनितिक दल र जेन्जीका बिचमा नवीन सम्झौता मार्फत देशको दीर्घकालीन समस्याको समाधान खोज्नुपर्ने कुरामा जोड दिई रहेकोले सबैको साथ र सहयोगको अपेक्षा पार्टीले गरेको धारणा व्यक्त गरे।
अधिवक्ता समेत रहेका संयोजक कटेलले ठुला दलहरुले प्रजातन्त्र भनेपनी ती पार्टीका साम्सदले समेत प्रजातन्त्रको अनुभुती गर्न नपाएको धारणा राखे। उनले देशको अस्तित्व खतरापूर्ण अवस्थामा रहेको भन्दै ३७ वर्ष झुट बोलेर ठुला दलहरुले शासन गर्दै आएको आरोप लगाए , उनले नयाँ दलहरुले पनि यहीँ व्यवस्थामा बहुमत ल्याउछौ भन्दै जनता लाई झुक्याउने काम गरेको भन्दै सचेत रहन सबैलाई आग्रह गरे ।
भेलामा धारणा राख्ने अधिकाशले देशमा दलहरूले गणतन्त्रको नाममा लुटतन्त्र चलाएको , दक्षजनशक्ति लाई बिदेश पठाएर रेमिट्यान्समा रमाएको , देशलाई परनिर्भर बनाएको आफू र आफ्ना नातागोता लाई मोजमस्ती गराएर अनियमितता र भष्टाचारमा देशलाई चुर्लुम्म डुबाएको भन्दै जनता सचेत हुनुपर्ने कुरामा जोड दिएका छन ।













