४ पुस २०८२,  बुटवल ।

उच्च अदालत बुटवलबाट धरौटीमा रिहा हुने आदेश पछि कागजी प्रक्रिया पूरा गरेर रबि लामिछाने आज साँझ रुपन्देही जिल्ला कारगारबाट छुटेका छन् । काठमाडौंबाट भरतपुरसम्म हवाइमार्ग र त्यहाँबाट सडकमार्ग हुँदै साँझ पौने ६ बजे लामिछाने रुपन्देही पुगेका थिए । उनलाई सुरुमा रुपन्देही कारागारमा राखिएको थियो तर, उनी आफैँले जेल सरुवा मागेपछि उनलाई ललितपुरस्थित नख्खु कारागारमा ल्याइएको थियो ।

बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएपछि उनी रिहा भएका हुन् । लामिछाने भैरहवा कारागार आइपुग्दा र छुटेपछि रास्वपाका नेता कार्यकर्ता र समर्थकहरूले उनको पक्षमा नाराबाजी गर्दै खुसीयाली मनाएका छन् ।

रूपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले उच्च अदालतको आदेशअनुसार केही शर्त र बैंक जमानतको कागज गरेर छाडिएको बताए ।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्व‍य वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले धरौटीमा छाड्ने आदेश दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय