कुल बहादुर बस्नेत ,

सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका वडानम्बर २,३,४ र ५ ले संयुक्त रुपमा काठमाडौ बसोबास गर्ने आफ्ना नागरिक लक्षित सेवा प्रदान गरेका छन ।

वडाहरुले काठमाडौमै वडामा प्राप्त हुने सेवा दिएपछि वर्षामासमा गाउँ जान नसक्ने बृद्ध अवस्थाका व्यक्तिहरु , दीर्घरोगीहरु , एकल महिला र बालबच्चाले राहत महसुस गरेका छन ।

गत ११ गतेदेखि सुरु भएको शिविरमा सामाजिक सुरक्षा नवीकरण तर्फ ३२०, राष्ट्रिय परिचयपत्र बितरण १२७, घटनादर्ता ५७, नागरिकता सिफारिस ४०, अन्य सिफारिस ४० र मालपोत ४५ गरि जम्मा ६२९ जनाले सेवा लिएको वडानम्बर -४ का वडाअध्यक्ष हिक्मत बहादुर बस्नेतले जानकारी दिए।

सेवा अझै केही दिन जारी हुने हुँदा संख्या बढन सक्ने देखिन्छ ।यस अघि श्रावण ५-८ सम्म लिखुपिके गाउँपालिकावडानम्बर  – १ ले पनि जोरपाटी बाट आफ्ना नागरिकहरु लाई सेवा दिएको थियो ।

वडाले यसरी सेवा दिएपछि सानो कामको लागि गाउँ नै जानुपर्ने बाध्यता हटेको छ भनी नागरिकहरु लाई आर्थिक भार पनि परेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय