२७ माघ २०८१, चितवन ।

नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवम् जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ध्रुवे हात्ती भन्दा पनि अराजक भएको आरोप लगाएका छन ।


चितवनमा एमाले माडी नगरकमिटीको अधिवेशन उद्घाटन् गर्दै उनले प्रचण्ड र रवि ध्रुवे हात्ती भन्दा पनि अराजक बनेको धारणा व्यक्त गरेका हुन् । ढकालले सत्ता गुमाउँदा प्रचण्ड र सहकारी ठगीको छानबिनले रवि बर्बराउन थालेको भन्दै भ्रममा नपर्न कार्यकर्ता लाई आग्रह गरे । देशमा तिब्र विकास एमालेले मात्र गर्न सक्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय