भाद्र १३, २०८१ काठमाडौ ।
काठमाडौ महानगरपालिका वडा नम्बर -८ जयबागेश्वरिमा रहेको नेपाल भारत मैत्री अस्पतालले कमजोर आर्थिक स्थितिका नागरिकहरु लाई निशुल्क उपचार गर्ने बताएको छ । काठमाडौ महानगरपालिका वडा नम्बर -८ बस्ने राममाया कपालीको लामो र महँगो उपचार गरेको नेपाल भारत मैत्री अस्पतालले यस्तो बताएको हो । कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसकी मानव कल्याण समाज बनकालीमा आश्रय लिएर बसेकी कपाली लाई प्यारालाइसेस भएको थियो ।


प्यारालाइसिसले गर्दा हातखुट्टा चलाउन नसकी ओछ्यानमै सुति रहदा उनको पछाडी घाउ भएको थियो भनी घाउमा किराँ परेर छेउमा गन्धका कारण जान नसक्ने अवस्था रहेको थियो । बोल्न नसक्ने उनको बाच्ने आशा सकिएको थियो भनी काल पर्खनु बाहेक उनिसग अर्को कुनै विकल्प केही थिएन ।

पशुपति बनकालीमा रहेको मानव कल्याण समाजमा जोखिमयुक्त भवनमा अशक्तहरु लाई राखिएको र जुनसुकै बेला प्राकृतिक बिपद भुइचालो जस्ता बिपत्ति आए ठूलो मानवीय क्षति हुनसक्ने बिषय उठेपछि त्यस्को स्थलगत रिपोर्टिङ गर्न पुगेका एभिन्युज खबरमा कार्यरत पत्रकार राजेन्द्र बस्नेतले जिर्ण भवन र अलपत्र अवस्थामा पिडाले छटपटिएर बसेकी राममाया कपालीको अवस्थाका बारेमा बुझेर समाचार बाहिर ल्याएका थिए ।

उक्त समाचार बाहिर आएपछि वडा नम्बर -८ का वडाअध्यक्ष आशामान संगतले देखाएको मानवता अनि उनले तत्काल गरेको उद्दारको प्रयासले गर्दा त्यसै वडामा रहेको नेपाल भारत मैत्री अस्पतालले उनको निशुल्क उपचारमा देखाएको तत्परता र उद्दार हृदयले आज उनी बोल्न सक्ने मात्र हैन अब बाच्ने आशा गर्न पुगेकी छन ।

अस्पतालले उनको दुइवटा मेजर अपरेसन गर्नुका साथै ८ महिना भन्दा बढी समय आइसियुमा राखेर उनलाई औषधीका साथै खाने बस्ने कुरा ३२५ दिनसम्म निशुल्क उपलब्ध गराएको अस्पताल प्रशासनले स्पष्ट गरेको छ । उनको अहिले मुटु , लिबर , सुगर , प्रेसर लगायतमा कुनै समस्या नरहेको बताएको अस्पतालले उनको सबै खर्च जोडदा ८० लाख भन्दा बढी भएको पनि बताएको छ ।

वडा र अस्पतालले आज संयुक्त कार्यक्रम गरि उनको उद्दारमा सहयोग गर्ने सबैलाई उनको अस्पतालमा दिनरात खटिने स्वास्थ्यकर्मीहरु लाई प्रमाणपत्र सहित सम्मान व्यक्त गरेको छ । अझै लामो समय बेडमा आराम गर्नुपर्ने भएकोले काठमाडौ महानगरपालिका वडा नम्बर -८ मै रहेको शान्ति सेवा गृहमा वडा , प्रहरी र परिवारको समन्वयमा पठाएको छ ।

सो गृहमा पनि उनको नशा र अन्य उपचार निशुल्क गरिने गृहका प्रतिनिधिले आज आयोजित कार्यक्रममा जानकारी दिए ।

कपाली लाई अस्पतालले हस्तान्तरण गर्दा देखिएका दृश्यहरु ।



















