सोलुखुम्बुको सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेडमा कार्यरत प्राविधिक विष्णु राईको करेन्ट लागेर ज्यान गएको छ।

आज सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेडले सल्लेरी क्षेत्रको तार वरपरको रुख बिरुवा कटान गर्ने क्रममा आज राईसहित ३ जना कर्मचारीलाई करेन्ट लागेर घाइते भएका थिए । उनिहरु लाई उपचारका लागि फाप्लु स्थित जिल्ला अस्पताल लगिएको थियो उपचारकै क्रममा राईको निधन भएको अस्पतालले पुष्टि गरेको छ ।


जसमा गम्भीर घाइते राईको उपचारको क्रममा जिल्ला अस्पताल फाप्लुमा ज्यान गएको अस्पताल प्रमुख डा. प्रशान्त कुमार शाहले जानकारी दिए ।

अन्य २ जना सामान्य घाइतेको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय