भाद्र २ , २०८१ काठमाडौ ।

हिमालयन टेलिभिजन बाट प्रसारण भएको कार्यक्रम भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन् । शनिबार आयोजित ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलकी प्रतिस्पर्धी तामाङले उपाधि चुमेकी हुन ।

विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेल लगायतले पुरस्कार प्रदान गरे । जितसँगै अनुयाले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । अन्य फाइनलिस्टलाई पनि गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।

कोच प्रमोद खरेलको टिमबाट अनुया र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलिस्ट थिए । कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले फिनालेमा प्रतिस्पर्धा गरेका थिए जसमा कोच खरेलको टिमकी अनुयाले उपाधीमा बाजि मार्न सफल भएकी हुन ।

 

तेस्रो सिजनको मुख्य प्रायोजकमा वात्साल्य न्याचुरल आइभीएफ थियो । फिनालेमा कोच र तिनका प्रतिस्पर्धीले समेत सांगीतिक प्रस्तुति दिएका थिए । दर्शकले दिएको भोटको आधारमा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धीलाई विजेता घोषणा गरिएको हो ।

भोटिङ लाइन शनिबार बेलुका ७ बजेसम्म मात्र खुला थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय