अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी क्यारेबियन क्षेत्रमा शक्तिशाली पनडुब्बी र युद्धपोतहरू पठाएपछि उनले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई सत्ताच्युत गर्न लागेका हुन कि भन्ने आशङ्का बढन थालेको छ।
ट्रम्पले सो क्षेत्रमा सात वटा युद्धपोत र आणविक शक्तिबाट चल्ने एउटा पनडुब्बीमा चार हजार पाँच सयभन्दा बढी अमेरिकी सैनिक समेत पठाएका छन्। दक्षिणी क्यारेबियन क्षेत्रबाट भेनेजुएला एकदमै नजिक पर्छ। यति धेरै अमेरिकी–शक्ति यो क्षेत्रमा आएपछि राष्ट्रपति मदुरो आत्तिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले खबर लेखेका छन।












