युगिन राई ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) केवल राजनीतिक सिद्धान्त मात्रै नभएको बताएकी छिन् । शनिबार मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको जर्नल विमोचन तथा विमर्श कार्यक्रम लाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

जबज केवल एउटा राजनीतिक सिद्धान्त मात्रै होइन । यो लोकहित, मानव कल्याण र सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने दार्शनिक चिन्तन पनि हो’ भण्डारीले भनिन्, ‘हामीलाई थाहा छ, हाम्रो संस्कृतिमा रहेको वैदिक मन्त्रले सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामयाले सबै मान्छे सुखी र निरोगी हुन्, सबैले शुभ देखुन् र कसैलाई दुख नहोस् भनी यथार्थ भावना प्रकट गरेको छ । जबजको मूल भावना पनि यही हो ।’











