नबराज रायमाझी ,

उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ धोैलाखोप स्थित साविक पाँबु गाविस वडा नं. ६ मा चुनढुंगा खानीको नाममा खुलेआम अबैध उत्खनन भइरहेको खुलासा भएको छ। मिति २०८१/०९/०९ मा रौतामाई गाउँपालिकाले “सुधारको” नाममा श्रीमती बिन्द्रा देवी थापा संचालक रहेको त्रियुगा एन्ड थापा निर्माण सेवालाई भरतबहादुर थापा र श्यामकुमार थापाको नाममा रहेको निजी जग्गा सम्याउने अनुमति दिएको थियो।

तर, बारी सम्याउने बहानामा अधातुजन्य खनिज चुनढुंगा उत्खनन गरिएको पुष्टि भएको छ। खानी तथा भूगर्भ विभागले सो उत्खनन कार्यलाई अबैध भन्दै स्पष्ट लिखित जवाफ समेत प्रदान गरिसकेको छ। यस घटनाले स्थानीय तहमा पालिकाको सहमती वा मिलेमतोमा खनिज उत्खननजस्तो गम्भीर विषय पनि लापरवाहीपूर्वक “निर्माण सेवाको नाम” मा चलाइने गरेको स्पष्ट भएको छ ।

कानुनी प्रक्रिया बिना चुनढुंगा उत्खनन कसरी सम्भव भयो?
• खानी तथा भूगर्भ विभागबाट अबैध ठहर भइसकेपछि दोषीहरूलाई किन कारबाही गरिएको छैन? अबैध उत्खननमा संलग्न सबै पक्ष — चाहे ती राजनीतिक पहुँचवालाहरू हुन् वा निजी व्यवसायी — प्रचलित कानुन अनुसार कडा कारबाहीमा पर्नैपर्छ। प्राकृतिक स्रोतको दोहन र जनताको सम्पत्तिमा यस्तो हस्तक्षेप कुनै पनि हालतमा स्वीकार्य हुँदैन भन्ने व्यापक जनआवाज प्रकट हुन थालेपछी वडाले चासो देखाएको भएपनि त्यो पर्याप्त भने देखिदैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय