युगिन राई ।
दमक नगरपालिका झापाले आफ्नो बजेट अधिवेशन सम्पन्न गरेको छ। सभाले आगामी आब २०८२/८३ को लागि विनियोजन विधेयक, आर्थिक विधेयक पास गरेको छ। भनि दमकमा शिक्षाको क्षेत्रमा लामो समय सेवा गर्नुभएका छविलाल सिटौला र सामाजिक व्यक्तित्व भेषराज न्यौपाने लगायत लाई सम्मान गरिएको छ ।

दमक नगरपालिकाले सेवा प्रवाहका सवालमा अब्बल आफ्ना उत्कृष्ट वडा कार्यालयहरू,शाखाहरू, धेरै राजश्व सङ्कलन र नवीनतम कार्य गर्ने वडा, सर्वोत्कृष्ट कर्मचारी, उत्कृष्ट कर्मचारीहरू , SEE मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र दमक नगरपालिकाद्वारा लिएको आठ कक्षाको परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई समेत सम्मान गरेको छ ।











