अन्जन न्यौपाने,

मंगलबार घटेको सुन आज तोलामा ९०० रुपैयाँ र चाँदी ६५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदी तोलामा ६५ रुपैयाँले महंगो भएको छ । आज चाँदी तोलाको २ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा २ हजार १६० रुपैयाँमा किनमेल भएको थियो । यस्तै सुनचाँदी व्यवसायीले सरकारले विलासिता कर लगाएको भन्दै विरोध जारी राखेका छन् । उनीहरूले बजेटमा गरिएको सुनको करको व्यवस्था खारेज गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण समेत गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय