एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच मंगलबार साँझ बालुवाटारमा छलफल भएको छ। नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई भेट्न भण्डारी मंगलबार साँझ ६ बजेतिर बालुवाटार पुगेकी थिइन्। उनीहरूबीच करिब डेढ घन्टा कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने मनसायमा छिन्। उनका पछिल्ला गतिविधि र दौडधूपले त्यही कुराको स्पष्ट संकेत गरिरहेको छ। दुई कार्यकाल (२०७२–२०७९) राष्ट्रपति बनेकी भण्डारी केही समयअघि चीन भ्रमण गरेर फर्किइन त्यस लगत्तै उनी कोशी प्रदेशका विभिन्न जिल्ला पुगेर एमाले नेता कार्यकर्ता लाई भेट गर्दै सार्वजनिक कार्यक्रमहरूका सहभागी भइन्। त्यसअघि पनि उनी गण्डकी, लुम्बिनी, कोशी प्रदेश पुगेर राजनीतिक गतिविधिमा सरिक भएकी थिइन्। यो सबै घटनाक्रमलाई उनको सक्रिय राजनीतिमा फर्कने इच्छासँग जोडेर हेरिरहेका बेला उनीहरूबीच भेटवार्ता भएको हो। प्रधानमन्त्री सगको भेटका क्रममा चीन भ्रमण, समसामयिक राजनीति र सरकार सञ्चालन लगायत विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारी निकट नेताहरूले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय