पत्रकार दिलभुषण पाठका लाई प्रहरीले उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ। समाचार प्रकाशित गरेकै आधारमा साइबर अपराध मुद्दामा पक्राउ पुर्जी जारी गरिएका पत्रकार दिलभूषण पाठकलाई प्रहरीको साइबर ब्युरोले सार्वजनिक सूचना जारी गरेको छ । उनीमाथि धरपकड नगर्न उच्च अदालत, पाटनले सोमबार मात्र अल्पकालीन अन्तरिम आदेश दिएको थियो।


मंगलबार साइबर ब्युरोले यथाशीघ उपस्थित हुन भनेर सार्वजनिक सूचना जारी गरेको हो। सूचनामा पाठक लाई साईबर ब्युरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भई अनुसन्धानमा सघाउन भनिएको छ। पत्रकार पाठकले एक नेतापुत्रको लगानीको विषयमा समाचार प्रकाशन गरेका थिए। सो समाचार तथ्यहीन भएको भन्दै उनीविरुद्ध साइबर अपराध मुद्दामा जाहेरी दिइएको हो। समाचारकै आधारमा साइबर अपराध मुद्दामा पक्राउ पुर्जी जारी गरिएकोमा सञ्चारसम्बद्ध संघसंस्था तथा सञ्चारकर्मीले आपत्ति जनाउँदै आएका छन्।
पक्राउ पुर्जीविरुद्ध परेको निषेधाज्ञाको निवेदनमा अन्तरिम आदेशका लागि अदालतले ५ असारमा बोलाएको अवस्थामा यसरी प्रहरीले उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको हो।











