अनियमितता र भ्रष्टाचारविरुद्ध खबरदारी अभियानमा लागेका नवराज बोहरा सुर्खेतदेखि १ महिना लामो यात्रा खाली खुट्टा हिँडेर काठमाडौं आएका छन् । मंगलबार सिंहदरबारमा प्रधानमन्त्री केपी ओलीलाई भेट्न पुगेका बोहराले ओलीसँग भेट गर्न नपाएपछि मुख्यसचिवलाई आफ्ना कुरा राखेका छन् ।
बोहरा सोमबार सुर्खेतबाट ३० दिनमा काठमाडौं आएर कलंकीमा बास बसेका थिए । आज ३१ औं दिनमा सिंहदरबार पुगेर कर्णालीमा सुशासनका लागी आफ्ना कुरा राख्न चाहान्थे । अनियमितता र भ्रष्टाचारविरुद्ध जनचेतनामूलक अभियान सुरू गर्दै बोहरा जेठ ४ गते सुर्खेतबाट काठमाडौका लागि पैदल हिँडेका थिए ।












