राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा भएका छन् । मिश्रकी श्रीमती सारिका कार्कीले धरौटी बापतको तीन लाख रुपैयाँ जम्मा गरेपछि मिश्र रिहा भएका हुन। गत चैत्र १५ तीनकुने घटनामा प्रतिवादी बनाइएका उनी मङ्गलबार बिहान आफैँ अदालतमा उपस्थित भएका थिए ।

मिश्र उपस्थित भएपछि आजै उनको बयान र थुनछेक बहस भएको हो । न्यायाधीश तारादेवी महर्जनको इजलासमा वरिष्ठ अधिवक्ताहरु गोविन्द बन्दी, भिमार्जुन आचार्य, राजु बस्नेत र सतिशकृष्ण खरेलले मिश्रको तर्फबाट बहस गरेका छन । यसअघि सोमबार राप्रपाका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य धवल सम्शेर राणा पनि तीन लाख धरौटी बुझाएर रिहा भएका थिए । उनीहरु लाई गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा अवाञ्छित गतिविधि गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय