२२ जेठ २०८२, काठमाडौं।

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूविरुद्ध दायर भएको मुद्दाको विषयमा कानुन व्यवसायीसँग परामर्श गरेका छन्।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेलगत्तै रौतहटबाट काठमाडौँ फर्किएका नेपालले वरिष्ठ अधिवक्ता शम्भु थापा र गोविन्द बन्दीसँग परामर्श गरेका हुन्।

नेपालले उनीहरूसँग आफूविरुद्धको मुद्दामा अब के हुन्छ भनेर जिज्ञासा राखेका थिए। जवाफमा वरिष्ठ अधिवक्ता थापाले भने, ‘अब अरु विकल्प छैन। मुद्दा अदालत पुगिसक्यो। अभियोग पत्र लिएर अध्ययन गर्नुस् र बयानका लागि अदालत जानुस्।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय