१९ जेठ २०८२, काठमाडौं ।

 २४ वर्षअघि दरबार हत्याकाण्डमा ज्यान गुमाएका राजपरिवारका सदस्यको सम्झनामा सोमबार हिमानी ट्रस्टले दीप प्रज्ज्वलन गर्ने भएको छ । ट्रस्टले सोमबार पूर्व राजपरिवारका सदस्यको सम्झनामा कमलादीस्थित गणेश मन्दिरमा दीप प्रज्ज्वलन गर्ने भएको हो। यसअघि नारायणहिटी संग्रहालय परिसरमा गर्ने भनिएको दीप प्रज्ज्वलन कार्यक्रम  जिल्ला प्रशासन कार्यालय काठमाडौंले रोकेपछि  कमलादीमा सार्ने निर्णय भएको ट्रस्टले जानकारी दिएको छ।

सरकारले नारायणहिटी क्षेत्रमा निषेधाज्ञा जारी गरेपछि कमलादीस्थित गणेश मन्दिरमा दीप प्रज्जवलन गर्ने निर्णय भएको हो । कार्यक्रममा पूर्वयुवराज पारस शाह,पूर्व युवराज्ञी हिमानी शाह उनीहरूका छोरा हृदयेन्द्र तथा राजपरिवारका अन्य सदस्यहरू उपस्थित हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय