१४ जेठ २०८२ , काठमाडौ ।
नेपाल वायुसेवा निगमले पुर्व महाप्रबन्धक तथा पुर्व क्याप्टेन कुल बहादुर लिम्बू लाई सामाजिक संजालमा जथाभावी नलेख्न र गोपनियता कायम राख्न ध्यानाकर्षण गराएको छ । निगमका प्रवक्ता सुवास डाँगीले बिज्ञप्ति जारी गर्दै उनलाई सचेत गराएका हुन । नेपालगन्ज बिमानस्थलमा २०७७ साल जेठ २१ गते विमान अवतरणका क्रममा दुर्घटना भएपछी नेपाल नागरिक उड्डयन प्राधिकरणले उनको इजाजतपत्र निलम्बन गर्दै उडानमा रोक लगाएपछि करार अवधी कायम रहेको अवधिमै प्राधिकरणले एकतर्फी सम्झौता भंग गरेको भन्दै सर्वोच्च गएका लिम्बु लाई सर्वोच्चले पनि हराएको थियो । 

सर्वोच्चले हराएपछी ७ महिनाको सेवासुबिधा माग गरेका लिम्बू लाई निगमले काम नगरेको समयको सेवासुबिधा दिने कानुनी आधार नभएको भन्दै नदिने निर्णय गरेको व्यहोरा जानकारी गराए पछि लिम्बुले फेसबुक लगायतमा निगमको व्यवस्थापन लाई जोडेर निरन्तर भ्रम फैलाएको भन्दै निगमले त्यसो नगर्न अनुरोध गर्दै आगामी दिनमा पनि यसो गरे आवश्यक कदम चालिने भन्दै सचेत गराएको छ ।











