११ जेठ २०८२, काठमाडौ।

सत्तारुढ नेकपा (एमाले)ले आगामी जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई उत्सवको रूपमा देशव्यापी मनाउने निर्णय गरेको छ। आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको एमालेको सचिवालय बैठकले आम जनसमुदायलाई जेठ १५ गते गणतन्त्रलाई उत्सवको रूपमा आयोजना गर्न आह्वान गर्ने निर्णय गरेको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए। उनले गणतन्त्र दिवसलाई उत्सवको रूपमा आयोजना गर्नको लागि पालिका स्तरमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय भएको बताए ।

काठमाडौँ उपत्यकाको हकमा साँस्कृतिक झाँकीसहित गणतन्त्र दिवसलाई उत्सवको रूपमा आयोजना गरिने उनले बताए। उनका अनुसार काठमाडौँ उपत्यकामा उत्सवको आयोजना गर्न नेपाल जनसाँस्कृतिक महासङ्घलाई संयोजनको जिम्मा दिइएको र पार्टी कार्यालयको तर्फबाट आवश्यक संयोजन गर्ने निर्णय भएको छ। उनले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र जनताको परिवर्तनको आकाङ्क्षालाई सम्बोधन गर्ने ऐतिहासिक उपलब्धिको रूपमा रहेको जिकिर गरे। उनले जनताको सम्प्रभुताको विरुद्धमा हुने कुनै पनि गतिविधिहरू एमालेलाई स्वीकार्य नहुने चेतावनी दिए। सोही दिनदेखि राजावादीहरुले पनि गणतन्त्रको विरुद्द प्रदर्शन गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय