२५ वैशाख २०८२, काठमाडौं ।
गृहमन्त्री रमेश लेखकले चैत १५ गते भएको तीनकुने घटनामा अनुसन्धान भइरहेको सदनलाई जानकारी दिएका छन्। प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अनुसन्धानमा कसैप्रति सरकारले कुनै पूर्वाग्रह नराखेको बताए। त्यो घटना विध्वंशात्मक र संविधान विरोधी थियो अहिलेको व्यवस्था विरुद्धमा थियो। संविधान विरोधी अराजक गतिविधिलाई कानूनको दायरामा ल्याइ नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक अधिकारको निर्वाध उपयोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको उनले बताएका छन।


राप्रपा लगायतका राजावादीलाई लक्षित गर्दै गृहमन्त्री लेखकले संविधानले निधेष गरिएका कुनै गतिविधि नगर्न आग्रह गर्दै त्यस्ता गतिविधि सैह्य नहुने चेतावनी दिए। राजावादीहरुले आजै जेठ १५ बाट यो व्यवस्थाका विरुद अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा गरेका छन्।











