२५ वैशाख २०८२, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टीका नेता भगतसिंह कोश्यारी बीच भेटवार्ता भएको छ। भाजपा नेता कोश्यारीले प्रचण्डलाई खुमलटार पुगेर भेटेका हुन्। दुई नेताबीचको आज भेटवार्ता भएको प्रचण्ड सचिवालयले जनाएको छ।
गत साता भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएर प्रचण्डसहित प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत अधिकांश राजनीतिक दलका नेताहरुलाई बेग्लाबेग्लै भेटेका थिए।
चौथाइवालेको भेटलाई लिएर राजनीतिक वृत्तमा विभिन्न अड्कालबाजी भइरहेको बेला कोश्यारीको भ्रमण थप अर्थपूर्ण रहेको चर्चा चल्न थालेको छ ।











