राजसंस्था पुन:र्स्थापनाका लागि गठित ‘संयुक्त जनआन्दोलन समितिले बिहीबार एक कार्यक्रका बीच ‘जनआन्दोलन’ को घोषणा गरेको छ।  काठमाडौंको नवदुर्गा पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दै समितिका संयोजक नवराज सुवेदीले जेठ १५ गतेदेखि अनिश्चतकालीन जनआन्दोलन घोषणा गरेका हुन्।

आफ्नो नेतृत्वमा हुने अनिश्चितकालीन ‘जनआन्दोलन’ मा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस (बिपी), शिव सेनालगायतको साथ रहेको संयोजक सुवेदीले पत्रकार सम्मेलनमा बताए। सुवेदीले ‘जनआन्दोलन’ घोषणा गर्दा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर विष्ट, शिवसेनाकी गंगा चौधरी, विश्वहिन्दु महासंघकी अस्मिता भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

यसअघि सुवेदी नेतृत्वमा समिति गठन गर्दा लिङ्देन, थापा र विष्टले उक्त समितिमा आफूहरु नरहने बताए पछि अन्योल बढेको थियो । तर आजको कार्यक्रममा उनीहरू उपस्थित भए भने सुवेदीले जेठ १५ देखि अनिश्चितकालीन ‘जनआन्दोलन’ गर्ने घोषणा गर्दा उनीहरू उठेर ताली बजाएर समर्थन जनाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय