२५ वैशाख २०८२, सोलुखुम्बु।
साेलुखुम्बू जिल्लाको नेचासल्यान गाँउपालिका अन्तरगत कृषि शाखा कार्यालयले प्रत्येक वडाहरुमा गई स्थानीय कृषकहरु लाई जम्मा ५६ थान माैरी सहितका घारहरु बितरण गरेकाे छ ।


साे माैरीघार सिन्धुपाल्चाेक जिल्ला काे कुलेखानीबाट आयात गरेकाे शाखाले जनाएकाे छ भने कृषि शाखाले कृषकहरु लाई माैरीपालन सम्बन्धि केही जानकारी , सुझाब तथा निर्देशन दिएको छ । शाखाले पालिकाको वडा नं – १ मा १० थान,२ मा – २२ थान, ३ मा – १५ थान र ५ मा – ९ थान गरि जम्मा ५६, थान माैरीका घारहरु कृषकहरुलाई बितरण गरेकाे हो ।
७५% अनुदान सहुलियतमा बितरण गरिएका माैरी सहितका घारहरु स्थानिय कृषि शाखाले स्थानिय कृषकहरु सँग बिगतमा नै दाेहाेराे सम्झाैता गरि निश्चित नाम किटानमा आयात गरेकाे हो भनी बाँकी रहेकाे वडा नं – ४, लाई दाेश्राे चरणमा एक हप्ता भित्रमा उपलब्ध गराउने कृषि शाखा प्रमुख भिम भट्टराईले बताए। ७५% अनुदानमा मौरी सहितका घार पाएपछि स्थानिय कृषकहरु खुशी भएका छन् ।












