२४ बैशाख २०८२, काठमाडौ ।
राजसंस्था पुनर्स्थापनाको निमित्त गठित जनआन्दोलन समितिले वैशाख २५ गते सुकेधारास्थित नबदुर्गा पार्टी प्यालेसमा आन्दोलनको घोषणा गर्ने भएको छ।

नबराज सुवेदी नेतृत्वको समितिले बिहीबार घोषणा गर्ने सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशरबहादुर बिष्ट, नेपाली कांग्रेस (बिपी) का सुशिलमान शेरचन, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायतका राजावादी हिन्दुवादी संघ, संस्था र अभियान सहभागी हुने बताइएको छ।
कार्यक्रममा विभिन्न ५० भन्दा बढी संघ संस्थाले अब हुने आन्दोलनमा समर्थन जनाउँदै प्रतिबद्धता व्यक्त गर्ने तयारी छ । समितिले राजसंस्था पुनर्स्थापनाका लागि चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । सुवेदी नेतृत्वको समितिले आगामी २६ गते सुकेधारा बाटै मोटरसाइकल र्याली गर्ने कार्यक्रम सार्वजनिक गरिसकेको छ ।











