२३ वैशाख २०८२, काठमाडौ।

स्वतन्त्र सांसद अमरेश कुमार सिंहले पाकिस्तानी सेनाको ११ सदस्यीय डेलिगेसन टोली नेपाल आएको विषयमा प्रश्न उठाएका छन् । आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सिंहले पाकिस्तानी सेनाको टोली ४ मेमा नेपाल आएको बताएका हुन् । पाकिस्तानी सेनाको डेलिगेसन कतार एयरवेजको फ्लाइट नम्बर ६४६ बाट ऐयर क्याडर सराज मन्सुर अन्सारी नेतृत्वमा नेपाल आएको सिंहले संसद्मा बताए । सांसद सिंहले संसद्मा भने, ‘नेपाल सरकारले ४ मेमा ११ जना पाकिस्तानी सेनाको डेलिगेसन बोलाएको छ । पाकिस्तानी सेनाको डेलिगेसन कतार एयरवेजको फ्लाइट नम्बर ६४६ आएको हो । ऐयर क्याडर सराज मन्सुर अन्सारी नेतृत्वमा आएको छ ।’ नेपालका छिमेकी मुलुकहरू भारत र पाकिस्तानबिच पहलगाम घटनापछि तनाव रहेको बेलामा नेपाल सरकारले डेलिगेसन किन बोलाएको भन्दै उनले असन्तुष्टि पोखे । सिंहले असन्तुलित परराष्ट्र नीतिले नेपाल र नेपाली जनतालाई कहाँ पुर्‍याउला भन्दै उनले चिन्तायुक्त प्रश्न गरे। उनले भने, ‘नेपाल सरकारले के मेसेज दिन खोजिरहेको छ ? के हामी कसैको पक्ष लिन मिल्छ ? हाम्रो असंलग्न परराष्ट्र नीति फेरिएको हो भन्दै उनले गम्भीर असन्तुष्टि व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय