२२ वैशाख २०८२, काठमाडौ।

नागार्जुन नगरपालिका वडा न ७ मा अवस्थित बद्रिनारायण धामको प्राणप्रतिष्ठामा आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धब थापा लगायत सहभागी भएका छन ।

नारायण पोखरेल प्रतिष्ठानद्वारा आयोजित बद्रीनारायण मन्दिर उदघाटन तथा सप्ताहब्यापी धार्मिक कार्यक्रममा सहभागी हुन लिङ्देन पार्टीका नेताकार्यकर्ता सहित पुगेका हुन । अध्यक्ष लिङदेनले हिन्दुराज्य नेपालको पहिचान भएकाेले जसरी पनि फर्काई छाडने प्रतिवद्धता व्यक्त गरे। यस्ता कार्यक्रममा सहभागी हुन पाउँदा आफू असाध्यै खुशी हुने गरेको उनले स्पष्ट पारे । अध्यक्ष लिङ्देनले हिन्दुराज्यको एजेन्डा भोटको लागि नभएर देशको अस्तित्व र पहिचानको लागि आफूहरुले बोकेको धारणा राखे।

बैशाख १९ गतेदेखि २७ गतेसम्म आयोजित नेपालकै एकमात्र बद्रीनारायण मन्दिरको प्राण प्रतिष्ठान कार्यक्रम चल्ने आयोजकले जानकारी दिएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय