२२ वैशाख २०८२, काठमाडौ।
राजावादी आन्दोलनका क्रममा पक्राउ परेका राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र, शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का, सन्तोष राजावादी लगायतका आस्थाका बन्दीहरु लाई बिना शर्त रिहाई गर्न माग गर्दै जारी रहेको रिले अनसनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्वअध्यक्ष तथा निर्देशन समिति अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले ऐक्यवद्धता जनाएका छन् ।

ललितपुरमा जारी रिले अनसनमा समर्थन जनाउन पुगेका राप्रपा निर्देशन समितिका अध्यक्ष लोहनीले बिना शर्त पार्टीका उपाध्यक्ष लगायतका आस्थाका बन्दीहरु लाई तत्काल रिहाई गर्न सरकारको ध्यनाकर्षण गराएका छन । सरकारले पार्टीका नेताहरु लाई राजनीतिक प्रतिशोध साँधेको उनले आरोप लगाए ।
राजावादी, राष्ट्रवादीहरुले आयोजना गरेको रिले अनसनमा सहभागीलाई लोहनीले भेटेर आस्थाका बन्दीहरुको रिहाइ गरिनुपर्ने, मानव अधिकारको सम्मान गरिनुपर्ने, मृतक दुई जनालाई सहिद घोषणा र उचित क्षतिपूर्तिको व्यवस्था गर्दै तीनकुने घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग वन्नुपर्ने माग गरेका छन् ।
सोमबार रिले अनसन चौथो दिनमा प्रवेश गरेको छ । आयोजकले जनाए अनुसार, सरकारले झुटा मुद्दामा थुनामा राखेको आस्थाका बन्दी नछुटेसम्म अनसन जारी रहने छ ।











