२२ वैशाख २०८२, काठमाडौ।

चैत्र १५ गते काठमाडौँको तीनकुनेमा अवान्छित गतिविधि गरेको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेस बाट एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए । पक्राउ पर्नेमा खेमराज सेढाईं छन् ।

सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ को बैठक सकेर निस्किएको अवस्थामा उनी पक्राउ परेका हुन् ।

उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको प्रहरी अधिकृतहरु बताउँछन् । चैत १५ मा तीनकुनेमा पूर्वराजाको समर्थनमा प्रदर्शन गर्ने ४० जना आपराधिक उपद्रव कसुर र २५ जना राज्य बिरुद्धको कसुरमा हिरासतमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय