२० बैशाख २०८२,हेटौंडा
श्रीचन्द्र शर्मा स्मृति सम्मान २०८२ बाट हेटौँडा–८ कमानेकी सुभद्रा रेग्मीलाई सम्मान गरिएको छ । राजनीतिक व्यवस्था परिवर्तनमा भूमिका निर्वाह गरेको भन्दै मदन भण्डारी फाउन्डेसन मकवानपुरले रेग्मीलाई सम्मान गरेको हो । फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पञ्चायती निरङ्कुशता विरुद्धको लडाइँमा सहभागी भई सेल्टरदाताको रूपमा गतिशील रहेको भन्दै रेग्मीलाई सम्मान गरेको हो ।
मदन भण्डारी फाउन्डेसन मकवानपुरको चौथो वार्षिक साधारणसभाको अवसरमा शनिबार हेटौँडामा आयोजित कार्यक्रम लाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले नागरिकको आवश्यकता अनुसारको विकास अहिलेको आवश्यकता भएको बताइन् । उनले व्यवस्था परिवर्तन भएपनि नागरिकको जीवनस्तरमा सुधार आउन नसकेको गुनासो गरिन ।‘व्यवस्था परिवर्तन भए पनि नागरिकको जीवनस्तर सुधार हुन सकेको छैन । नागरिकको अवस्थामा अझै पनि सकारात्मक परिवर्तन आउन सकेको देखिँदैन ।’ उनले भनिन्, हामी राजनीतिक परिवर्तन र संविधान बदल्न सफल भयौ । तर, जनताले सकारात्मक परिवर्तनको महसुस गर्ने गरी सामाजिक र आर्थिक रूपान्तरणको कार्यभार पुरा गर्न सकिएन । जननेता मदन भण्डारीको विचारलाई सबै राजनीतिक दलले पछ्याएर नागरिकको जीवनस्तर परिवर्तन गर्नुपर्ने कुरामा उनको जोड छ । राजनीतिक दलहरुले समाजको आर्थिक, सामाजिक व्यवस्थाको रूपान्तरणलाई मूल लक्ष्य बनाएर अगाडि बढ्नुपर्ने,मौलिक राजनीतिक सिद्धान्त जनताको बहुदलीय जनवाद मार्फत नागरिकको सक्रिय सहभागिता, बहुदलीय प्रतिस्पर्धा र खुला लोकतान्त्रिक प्रणालीसहित देशलाई समाजवादको दिशातर्फ उन्मुख गराउनु पर्ने
बताईन । २०४७ को संविधानमा मदन भण्डारीको २७ बुँदे आलोचनाकै जगमा नेपालमा राजतन्त्र अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उनले दावी गरिन् । फाउन्डेसनको साधारण सभाले पुनः खुलालको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको












