२० बैशाख २०८२, ललितपुर 

गत चैत्र १५ गते घटेको तिनकुने घटनामा राज्यले अनावश्यक रुपले बलप्रयोग गर्दै आस्थाकै आधारमा आफ्ना नेताहरू लाई लामो समय देखी हिरासतमा राखेको बिरोधमा राष्ट्रबादी देशभक्त जनता नामक अभियानले ललितपुरमा सुरु गरेको रिले अनशनमा राजसंस्था पुनःस्थापनका लागी संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी उपस्थित भएर ऐक्यबद्धता जनाएका छन ।

राप्रपा उपाध्यक्ष रबिन्द्र मिश्र सहित पशुपती खडका , सन्तोष राजाबादी , मुनिन्द्र राजभण्डारी लगायत सबै आस्थाका बन्दीहरु लाई तत्काल रिहाई गर्नुपर्ने उनिहरुले माग गरेका छन । रिले अनशनमा अधिकाश राप्रपा निकट नेताकार्यकर्ताहरु पुग्ने गरेका छन । रिले अनसनमा प्रतिबद्धता व्यक्त गर्न पुगेका सुबेदीले सरकारले अभिव्यक्ती स्वतन्त्रता लाई नियन्त्रण गर्न खोजेको आरोप लगाए । सुबेदीले सरकार जति निरंकुश बनेपनी आफुहरुले कुनैपनी हालतमा नेपालमा राजसंस्था पुनःस्थापना गराइ छाडने अठोट व्यक्त गरे । साझा एजेन्डा भएका सबै शक्तिहरु एक भएर आन्दोलनको आधीबेरी सिर्जना गर्नेपनि सुबेदीले जानकारी दिए । अहिले आन्दोलनका थप कार्यक्रम बनिरहेको उनले बताए । जस अनुसार बैशाख २६ गते काठमाडौमा मोटरसाइकल र्‍याली गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय