१७ वैशाख २०८२, काठमाडौ। 

नागरिक उन्मुक्ति पार्टीका नेता तथा संरक्षक रेशम चौधरीलाई पक्राउ गर्ने पत्र लेख्ने सर्वोच्च अदालतका कर्मचारीलाई जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको छ। सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको हस्ताक्षर सहित चलानी नम्बर १९२७७को पत्र जारी गरी चौधरी लाई पक्राउ गरिएको थियो।

विष्टलाई अहिले सर्वोच्च अदालतबाट नियन्त्रणमा लिएर परिसरमा लगिएको सर्वोच्च अदालत स्रोतले जानकारी दियो।  चौधरीलाई पक्राउ गर्नेबारे सर्वोच्च अदादतको मुद्दा तथा रिट महाशाखाबाट प्रहरी र डिल्लीबजार कारागारलाई पत्र काटिएको थियो। उक्त पत्र काटिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपीको नेतृत्वमा टोली खटिएर चौधरीलाई कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनबाट पक्राउ गरी डिल्लीबजार कारागारमा लगिएको थियो ।  तर अहिले त्यो पत्र नै अनधिकृत भएको खुलेको छ ।

जनमत पार्टी र नागरीक उन्मुक्ति पार्टी बीच आज एकता घोषणा कार्यक्रम कमलादीस्थित प्रज्ञाभवनमा राखिएको थियो । तर एकता घोषणा सुरु नहुँदै चौधरी पक्राउ परेपछि दुई पार्टीको एकता अनिश्चित कालका लागि स्थगित भएको छ । चौधरी भनी साढे ५ घण्टा पछि रिहा भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय