१५ बैशाख २०८२, काठमाडौ ।

 राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको माग गर्दै आएका सबै  शक्तिहरू सोमबार एउटै मञ्चमा देखा परेका छन्। राजनीतिक एजेण्डा एउटै भए पनि एकजुट हुन नसकेका उनीहरू आज कमल थापा नेतृत्वको राप्रपा नेपालले , आस्थाका बन्दीहरुको रिहाई , राजसंस्था पुनःस्थापना र धर्मनिरपेक्षता खारेजीको माग गर्दै आयोजना गरेको कार्यक्रममा एकसाथ देखिएका हुन ।कमल थापासहित राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट, राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलगायत कार्यक्रममा उपस्थित थिए। नेपाली कांग्रेस (बिपी), शिवसेना नेपाल र दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानका नेताहरू पनि कार्यक्रममा पुगेर सम्बोधन गरेका थिए । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा प्रमुख शक्ति भएकोले आन्दोलनको नेतृत्व गर्न आव्हान गर्दा सबै कार्यकर्ताले ताली बजाएर स्वागत गरेका छन । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सबै कुरा बिर्सेर अब सबै एक भएर अगाडि बढनु पर्ने भन्दै सहकार्यको लागि आफू र पार्टी तयार रहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय