अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भेटवार्ता भएको छ। इटालीको राजधानी रोममा शनिबार ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता भएको हो। उनीहरूले १५ मिनेट वान टु वान भेटवार्ता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

ट्रम्प र जेलेन्स्की दुवै जना क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागी हुन रोम पुगेका थिए। त्यही मौकामा दुई जनाले छोटो कुराकानी गरेका हुन्। जेलेन्स्कीले भेट सकारात्मक भएको बताएका छन्।

‘हामीले धेरै विषयमा छलफल गर्‍यौं। हाम्रा जनताका जीवन रक्षा, पूर्ण र विनाशर्त युद्धविराम र दिगो शान्तिका बारेमा कुरा भयो,’ उनले टेलिग्राममा लेखेका छन्। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले पनि छलफल सकारात्मक भएको बताएको छ। ‍

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय