१२ बैशाख २०८२, देवघाट तनहुँ ।

प्रसिद्ध कालीगण्डकी नदीको धार परिवर्तन गरेर अन्यत्र लैजाने तयारी बढेपछि यसको धार्मिक तथा ऎतिहासिक महत्व र अस्तित्व जोगाउन देवघाटदेखी कालीगण्डकी नदीको शिर दामोदरकुण्ड सम्म कालीगण्डकी पदयात्राको आयोजना हुने भएको छ ।

प्रकृति, संस्कृति र सभ्यताको आराधना, कालीगण्डकी पदयात्रा एक आध्यात्मिक साधना’ भन्ने मुख्य संकल्प र आदर्शका साथ सञ्चालन हुने यो पदयात्रा आगामी जेठ २२ गते देवघाटबाट आरम्भ हुने भएको हो ।देवघाट देखि चार हप्ताको पैदल यात्रापछि कालीगण्डकीको शिर दामोदर कुण्डमा पुगेर यो पदयात्रा सम्पन्न हुने आयोजकले जानकारी दिएका छन । यो पदयात्राले कालीगण्डकीको महत्व लाई थप उजागर गर्ने, देश बिदेशमा प्रचारप्रसार हुँदै यसको संरक्षणमा सहयोग पुग्ने आयोजकले बिश्वास लिएको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय