११ वैशाख २०८२, काठमाडौ।

नेकपा एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) ले सरकार बनाऊ, सरकार बचाऊ भन्दै नहिँडेको बताएका छन् । उनले एमाले नेता–कार्यकर्ता लाई मिसन २०८४  केन्द्रीत हुन निर्देशन समेत दिएका छन्। पार्टीले काठमाडौंमा बिहीबार गरेको युथ सेलिब्रेसनमा बोल्दै उनले राष्ट्रियताको स्पष्ट अडान लिएको हुनाले विदेशका दलाल तत्वहरू एमालेविरूद्ध खनिएको बताए।

‘यतिकै होइन, हाम्रो राष्ट्रियताप्रतिको दृष्टिकोणले, अडानले र हाम्रो संघर्षका कारणले अर्को जनपक्षीयताको कारणले लोकतान्त्रिक आचरण, अभ्यास, दृष्टिकोण र देशलाई अगाडि बढाउने स्पष्ट नीतिका कारणले विभिन्न प्रकारका शक्तिहरू हामीसँग भयभीत भएका छन्। दिनैपिच्छे अनेक प्रकारका भ्रम फिँजाउन खोजिरहेका छन्,’ उनले भने। माओबादी अध्यक्ष दाहाल तर्फ इङकीत गर्दै विरोधी तत्त्वहरूले हरेक कुरामा सरकार जान्छ, सरकार जान्छ भनेर भन्न थालेको बताउँदै लोकतन्त्रमा सरकार कति लामो समयका लागि बन्छ? भन्दै प्रश्न गरे।

‘लोकतन्त्रमा सरकार लामो कति समयका लागि बन्छ? पाँच वर्ष। अनि यो तानाशाही व्यवस्था त होइन। अधिनायकवाद त होइन। ५० वर्षको वंशको शासन हुन्छ। सय वर्षको हुन्छ। २५० वर्षका लागि हुन्छ। १०४ वर्षका लागि हुन्छ,’ उनले भने ।एमालेले भनेको स्थिरता लोकतन्त्रको, गतिशीलताको र जनताको अभिमत सहितको स्थिर भएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय