प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार राति दुई घन्टा र सभामुख देवराज घिमिरेसँग समेत शिक्षक महासंघका पदाधिकारीहरुले छलफल गरेका छन । छलफलमा शिक्षकहरुको काठमाडौंकेन्द्रित आन्दोलन, उनीहरुका माग र विद्यालयल शिक्षा विधेयक जारी गर्ने विषयमा छलफल भएको महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिएका छन्।

यद्यपि आन्दोलन भने नरोकिने उनले बताएका छन्। ‘समग्र परिस्थितिको मूल्याङकन गर्दा हामीले अझै  आन्दोलनको मोर्चामा डटीरहनु पर्ने अवस्था छ,’ उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्। अध्यक्ष सुवेदीले सदाझैं दिउँसो १२ बजे माइतीघर मण्डलामा शिक्षकहरूलाई उपस्थित हुन आग्रह गरे।

सुवेदीले विगतका सहमति सम्बोधन हुनुपर्ने र अग्रगामी ऐन नै आफूहरूको लक्ष्य रहेको स्पष्ट पारेका छन्। चैत्र २० गतेदेखि सडक आन्दोलनमा उत्रिएका शिक्षकहरुको आन्दोलनले विद्यार्थी भर्ना अभियान ,कक्षा १२ को परीक्षा तथा एसईई को नतिजा प्रकाशनमा असर परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय