२७ चैत्र २०८१, काठमाडौं।

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआनदोलन परिचालन समितिका कार्यवाहक संयोजक डा.जगमान गुरुङले आफूहरु आगामी वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने तयारीमा रहेको बताएका छन् । आज (बुधबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले आगामी वैशाख २१ गतेसम्म आन्दोलनमा संलग्नहरुको पक्राउ पुर्जी खारेज नगरे, नवराज सुवेदीलाई नजरबन्दबाट मुक्त नगरे र पक्राउ परेका बन्दीहरुलाई बिना शर्त रिहा नगरे आफूहरुले सामूहिक गिरफ्तारी दिने बताएका हुन् ।

‘वैशाख २१ गतेसम्म पनि अहिलेको सरकारले हाम्रा साथीहरुको वारेन्ट बर्खास्त गरेन भने, हाम्रो संयोजक ज्यूको नजरबन्द खुलाएन भने हाम्रो बन्दी बनाइएका साथीहरुलाई मुक्त गरेन भने २२ गते हामीहरुले तीनकुनेमा सहादत प्राप्त गर्नुभएको वीर सहिदहरुको रगतले लुट्पुटिएको माटोको टीका लगाएर सामूहिक गरिफ्तारी दिने हो । सबैभन्दा पहिला मै हिँड्छ् । म ७८ वर्षको बुढो, सुगरको रोगी, त्यो माटोको टीका लगाएर सबैभन्दा पहिला मै हिँड्छु,’– उनले भने ।

उनले आफूहरु आन्दोलनमा ज्यानको माया मारेर अगाडि बढ्ने पनि बताए । डा.गुरुङले अबको आन्दोलन आफूहरुको तर्फबाट (भद्र अवज्ञा) शान्तिपूर्ण हुने बताए । ‘भद्र अवज्ञा आन्दोलन गरेर हामी अगाडि बढ्नुपर्छ । अरुहरु भन्दा हामी विशिष्ट हुनुपर्छ २१ गते हाम्रो घोषणा हुन्छ । २२ गते हामी सामूहिक गिरफ्तारी दिने गरी अगाडि बढेको उनले बताए । आजको प्रतिवद्धता सभामा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्टिय शक्तिका केशर बहादुर विष्ट, राप्रपाका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी, बिपी कांग्रेसका प्रतिनिधि लगायतले डा. गुरुङको नेतृत्वमा अगाडि बढन समस्या नहुने बताएका छन् । उनीहरूले अब सबै एकढिक्का भएर हिडनुको विकल्प नरहेको स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय