२३ चैत्र २०८१, काठमाडौ ।

नेपाल वायुसेवा निगमको मलेसिया स्टेसन प्रमुख कन्ट्रीमेनेजरमा सरुवा भएका रमेश पौडेलले मलेसियाको राजधानी क्वालालम्पुरस्थित निगमको कार्यालयमा आज देखि कार्यभार सम्हालेका छन् । निगमको बिदेशस्थित कार्यालयमा कर्मचारी सरुवा गर्ने कार्यबिधी अनुसार वरिष्ठता, कार्यक्षमता र अन्तर्वार्ताको खरो प्रतिस्पर्धामा सर्बोत्कृष्ट अंक ल्याउन सफल पौडेललाई निगम ब्यवस्थापनले गत फाल्गुण १३ मा मलेसिया स्टेसनको प्रमुख ( कन्ट्री म्यानेजर )को रुपमा सरुवा गर्ने निर्णय गरेको हो । निगमको प्रवक्ता समेत रहेका पौडेल मार्केटिङ्ग बिभागमा कार्यरत थिए ।

अन्तर्राष्ट्रिय हवाई ब्यापारका ज्ञाता, मिलनसार र स्पष्ट वक्ताको रुपमा चिनिने पौडेल निगमको ग्राउन्ड ह्याण्ड्लिङ्ग सेवा सरकारी स्वामित्वको निगमले नै गर्नुपर्ने कुराको खुलेर वकालत गर्ने मध्येमा पर्छन । नेपालको नागरिक उड्डयन प्राधिकरण र एयरलाइन्सहरुलाई ईयूको सेफ्टी लिस्ट अर्थात ब्ल्याक लिस्टबाट हटाउन नेपाल सरकार, नागरिक उड्डयन प्राधिकरण र एयरलाइन्सहरुले संयुक्तरूपमा सुधारात्मक कदम चालेर लागिपरेमा इयूको अडिटका मापदण्डहरु पूरा हुने र आगामी दिनमा यो लिस्टबाट हट्न सक्ने बिषयमा पनि उनि प्रस्ट बिचार राख्छ्न।

पौडेलको समन्वयमा निगमले नेपाली सेनाको शान्ति मिशनमा जाने टोलिलाई सन २०२२ देखि २०२४ मा २५ भन्दा बढी चार्टर्ड उडान मार्फत सुडान, साउथ सुडान, माली, कङ्गो लगायत विभिन्न अफ़्रिकि तथा एसियाका लेबनान लगायतमा मुलुकमा उडान गरेको थियो। त्यसैगरी युद्द्ग्रस्त इजरायलमा अलपत्र परेका नेपालीको उद्दार उडान र पाकिस्तानमा राहत लैजाने उद्दार उडान संचालनमा तथा जाजरकोटको भुकम्प प्रभावित क्षेत्रको उद्दार उडानमा समेत पौडेलको महत्वपूर्ण भुमिका रहेको थियो ।

त्रिभुवन बिश्वविध्यालबाट ब्यवस्थापन बिषयमा स्नातकोत्तर गरेर निगममा बिगत १५ वर्ष देखि कार्यरत अध्ययनसिल स्वभावका पौडेलसँग निगमको ग्राउण्ड ह्याण्ड्लिङ्ग, इन्जिनियरिङ, यात्रु सेवा र मार्केटिङ विभागसमेत विभिन्न बिभागमा रहि कार्य गरेको गहिरो अनुभव रहेको छ ।

यस अघि संयुक्त अरव इमिरेट्सको कण्ट्री मेनेजरको रुपमा सफल कार्यकाल बिताएका पौडेल अन्तर्राष्ट्रिय हवाई ब्यापारका जानकारका रुपमा चिनिन्छन । सन २०१२ देखि बन्द भएको निगमको काठमाडौ – दुबई उडान पौडेलको अगुवाईमा सन २०१६ मा पुनः साख बढाई हप्तामा सात उडान गराउन सफल भएको थियो ।
यात्रुहरुका हरेक अप्ठेरोमा सहयोगी भुमिका खेली दुबईमा रहेका नेपाली समुदाय बीच राम्रोसँग भिजेका उनको सफल कार्यकाललाई दुबईमा रहेका नेपालीले अहिले पनि सम्झन्छन् ।

सिङ्गापुर, इन्डोनेसिया, जापान, कोरिया र अष्ट्रेलिया लगाएतका यात्रुहरुको हव एयरपोर्टको रुपमा चिनिने मलेसिया स्टेशनको प्रमुखको रूपमा निगमले अन्तर्राष्ट्रिय हवाई व्यापारका ज्ञाता पौडेललाई नियुक्ति गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । त्यसैगरि निगमले भारतको दिल्ली, साउदी अरेबियाको दमाम, कतार, दुबई , हङकङ र जापान लगाएतका स्टेसनहरुमा पनि नियमानुसार प्रतिस्पर्धात्मक बिधिबाट पारदर्शी ढंगले कर्मचारीहरु खटाएको छ । निगमको प्रवक्ताको रुपमा सफलतापूर्वक जिम्मेवारी निर्वाह गरेकोमा निगम व्यवस्थापनले पौडेललाई धन्यबाद दिदै आजैदेखि सुवास डाँगीलाई प्रवक्ता तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय