२० चैत्र २०८१, काठमाडौ।

थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच बुधबार भेटवार्ता भएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीसँग परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको सहभागिता रहेको छ । त्यसअघि थाइल्याण्डको सरकारी भवनमा शिनावात्राले प्रधानमन्त्री ओलीलाई स्वागत गरेकी हुन् ।

भेटवार्तापछि संस्कृति र पर्यटन क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । साथै, दुई देशका गैरसरकारी र व्यावसायिक संस्थाबीच छवटा सहमतिपत्र आदानप्रदान हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्झौता पत्रमा हस्ताक्षर पछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नुहुनेछ । त्यसपछि प्रधानमन्त्री ओली शिनावात्राले आयोजना गरेको दिवभोजमा सरिक हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय