१८ चैत्र २०८१, काठमाडौ।
राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई उमेर र स्वास्थ्यको कारण देखाउँदै सरकारद्वारा घरमै नजरबन्द गरिएको घटना प्रति पुर्व प्रधानमन्त्री लोेन्द्रबहादुर चन्दले गम्भीर आपत्ति जनाएका छन । प्रहरीको निगरानीमा गौरीघाट स्थित सुवेदीको निवास बाहिर निस्कन नपाउने गरी उनलाई हाउस एरेष्ट गरिएको भन्दै चन्दले विज्ञप्ति जारी गर्दै विरोध गरेका हुन् ।


चैत्र १५ गतेको प्रदर्शनका क्रममा तीनकुनेमा घटेको घटना प्रति दुःख व्यक्त गर्दै पुर्वप्रधानमन्त्री चन्दले निषेधको राजनीतिले समस्याको समाधान नहुने भन्दै संवाद र छलफलको बाटो पहिल्याउन सबै संग आग्रह गरेका छन् । सुवेदीले राजसंस्था फर्काउने आन्दोलनको मोर्चा सम्हाल्न नपाउँदै आन्दोलन अराजक भै २ जनाको ज्यान जानुका साथै आगजनी र लुटपाट भएपछि यतिबेला उनी सहित राजावादीहरुको चौतर्फी आलोचना भइरहेको छ । सोही कारण नजरबन्दमा रहेका सुवेदी लाई मुक्त गर्न चन्दले सरकारसंग माग गरेका हुन।

१५ गतेको आन्दोलन अराजक बनेपछि राप्रपाका नेताहरु धवल शम्सेर राणा , रविन्द्र मिश्र लगायत लाई प्रहरीले पक्राउ गरेको छ भने जनकमाण्डर बनाइएका दुर्गा प्रसाई फरार रहेका छन् ।











