१६ चैत्र २०८१, काठमाडौं ।

आगजनी,लुटपाट र अराजकताको घटनाका प्रमुख दोषी मानिएका दुर्गा प्रसाईँ तीनकुनेबाट भागेपछि भूमिगत भएका छन् । सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र आतंक मच्चाउन उक्साएर भागेका प्रसाईँ घरमा नगई भूमिगत भएको पाइएको छ । उनलाई पक्राउ गर्न प्रहरी परिचालन भए पनि शनिबार बिहानसम्म फेला परेका छैनन् । सरकारले आगजनी, तोडफोड, हत्या तथा सरकारी र निजी सम्पत्ति लुटपाटमा प्रमुख दोषी बनाएर मुद्दा चलाउने भएपछि प्रसाईँ फरार भएका छन् ।

उनी राजा फर्काउने आन्दोलनका जनकमाण्डर घोषित भएका व्यक्ति समेत हुन् । प्रहरीले शुक्रबारको घटनामा जिम्मेवार मानिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद धवल शम्सेर जबरा, अधिवक्ता स्वागत नेपाल लाई भने पक्राउ गरेको छ । यद्यपि उनीहरु ती घटनामा संलग्न नरहेको दाबी छ । राजसंस्था स्थापनाका लागि जनपरिचालन समितिका संयोजक नवराज सुवेदी लाई पनि प्रहरीले घरमै नजरबन्दमा राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय