१० चैत्र २०८१, सोलुखुम्बु ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको प्रशासकीय भवन उद्धघाटनका लागि राष्ट्रपति रामचन्द्र पौडेल सोमबार नेचासल्यान जाने भएका छन। सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनका लागि राष्ट्रपति पौडेल बिहान ११ बजे सोलुखुम्बु आइ पुग्ने पालिका अध्यक्ष धनजन राईले जानकारी दिए।

राष्ट्रपति पौडेलले भवन उद्घाटनका साथै सम्बोधन गर्ने कार्यक्रम तय भएको नेचासल्यान गाउँपालिका उपाध्यक्ष बिना राईले बताइन । गत आर्थिक वर्ष २०८०÷८१ को वैशाख मा सम्झौता गरी जेठ १६ बाट सुरु गरेको भवनको निर्माण कार्य २०८१ माघमा सम्पन्न भइ निर्माण कम्पनी आरोन ओम बालाजी इ आर रामेछापले गाउँपालिकालाई चाबी हस्तान्तरण गरेको थियो । राष्ट्रपति आउने भएपछि पालिकाले जिल्लाका अन्य पालिकाहरु लाई पनि आमन्त्रण गरेको छ भनी राजनीतिक दलहरु लाई पनि कार्यक्रममा आमन्त्रण गरेको जनाएको छ । राष्ट्पति पौडेलको टोलीमा रक्षामन्त्री मानबिर राई पनि रहने छन् ।











