१० चैत्र २०८१, काठमाडौं।
कांग्रेस सभापति एवं पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा संवैधानिक राजतन्त्र फर्किन नसक्ने दाबी गरेका छन्। पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आईतबार आयोजना गरेको कार्यक्रममा सभापति देउवाले नेपालमा राजतन्त्र फर्किन नसक्ने बताएका हुन्। सभापति देउवाले राजालाई बोकेर हिँडेको राप्रपा कुनै दिन पछुताउने दाबी समेत गरे। राप्रपालाई व्यंग्य गर्दै उनले पार्टीको सभापति नै नियुक्त गर्न सुझाव पनि दिए। उनले राजनीति गर्न मन भए पूर्वराजालाई पार्टी खोलेर आउन चेतावनी दिए ।

ज्ञानेन्द्र संवैधानिक राजा हुन सक्दैनन्। पछि राप्रपा पनि पछुताउँछ। उसले पार्टी सभापति बनाए हुन्छ। राजनीति नै गर्नु छ भने पार्टी खोलेर गरे भइहाल्यो’, सभापति देउवाले भने, ‘उनी पार्टीमा लागे भने राप्रपाले पनि दुःख पाउँछ। राजावादीको गतिविधि बढ्दै जाँदा सभापति देउवा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथप्रति असन्तुष्ट छन्। देउवाले आफूलाई भेट्न आउने नेता कार्यकर्तालाई राजतन्त्र पुनः स्थापनाको आन्दोलन हुनुका पछाडि आदित्य नाथको उक्सावट रहेको बताउने गरेका छन् ।











