८ चैत्र २०८१, काठमाडौ
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री ईश्वर पोखरेलले नेपालले भूराजनीतिक संवेदनशीलता बुझेर राजनीतिक गतिविधि अगाडि बढाउनुपर्ने बताएका छन् ।शुक्रबार काठमाडौँमा नेकपा एमाले शहरी विकास विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै भूराजनीतिक संवेदनशीलता नबुझ्दा देशमा कठिन अवस्था आउन सक्ने धारणा राखे।

विश्वको सबैभन्दा धेरै जनसंख्या भएका दुई मुलुक चीन र भारतको बीचमा नेपाल रहेको भन्दै ढंग नपुर्याउँदा सार्वभौमसत्ता, अखण्डता र स्वाधीनता कायम राख्न कठिन हुनेसक्ने उनले प्रष्ट पारे । देशमा देखिएको समस्या समाधान गर्न सबै एकजुट हुनुपर्ने कुरामा उनले जोड दिए ।











