८ चैत्र २०८१, पर्सा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी १५ गते काठमाडौँमा हुने जनप्रदर्शनपछि देशको राजनीति सही ट्र्याकमा आउने आधार तय हुने दाबी गरेका छन् । पर्साको ठोरी गाउँपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा हुने उक्त सभामा सहभागी हुन पनि सर्वसाधारणलाई आग्रह गरेका छन।


ओली सरकार उल्टो बाटो हिँडिरहेको छ । त्यसकारण यसलाई सजक गराउन खबरदारी गर्नुपर्ने आवश्यकता छ । त्यसमा तपाईँहरू पनि ठूलो संख्यामा उपस्थित हुन आग्रह गर्दछु, पन्ध्र गते काठमाडौंमा भेटौं दाहालले भने , राजावादीहरुको पछिल्ला गतिविधिले झस्केको माओबादी लाई सरकार लाई पनि विश्वास गरी हाल्ने अवस्थामा छैन।
उक्त सभापछि पुनः एक पटक जनताको पक्षमा काम गर्ने वातावरण बन्ने विश्वास ‘प्रचण्ड’ले दिलाएका छन् ।‘मलाई लाग्छ १५ गते हामीले गर्ने विरोध सभापछि देशको राजनीति सही ट्र्याकमा आउने आधार बन्नेछ,’ ‘प्रचण्डले भने, ‘फेरि एकचोटी जनताको पक्षमा काम गर्ने वातावरण बन्ने विश्वाससहित तपाईँहरू सबैलाई बढीभन्दा बढी संख्यामा काठमाडौँ आउन आग्रह गर्छु ।’











