६ चैत्र २०८१, काठमाडौ ।
पूर्वराजा ज्ञानेन्द्र शाह मनकामना मन्दिरमा पूजाअर्चना गर्न गोरखा जाने भएका छन् । पुर्वराजाका सम्बाद सचिव डा.फणीराज पाठकले बुधबार सूचना जारी गर्दै यसै साता पूर्वराजा शाह गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्न त्यसतर्फ जाने जानकारी दिए।

फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा शाहले दिएको अभिव्यक्ति र पछिल्लो समय राजावादीहरूका गतिविधिका कारण मुलुकको राजनीति तरङ्गित भइरहेका बेला शाह पुन काठमाडौ बाहिर जान लागेका छन। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र गोरखा जाने खबर बाहिरिय सगै पुर्वराजाले त्यहाँ के बोल्छन भन्ने आम चासो बढेको छ जसका लागि केहिदिन कुर्नुको विकल्प छैन ।












