४ चैत्र २०८१, काठमाडौ।
पूर्व राष्टिय पञ्चायतका अध्यक्ष नवराज सुवेदी संयोजक भएको राजावादीको संयुक्त जनआन्दोलन समितिमा आफूसंग नसोधी नाम समावेश गरेको भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा नबस्ने घोषणा गरेका छन्।


त्यस्तै केशर बहादुर विष्टले आफूलाई नसोधेको बताएपनि आफ्नो सहयोग रहने भन्दै सोमबारको कार्यक्रम लाई सम्बोधन गरे । राजेन्द्र लिङदेन र कमल थापा भने सहभागी भएका थिएनन । उनीहरूले पार्टीका तर्फबाट कार्यक्रममा प्रतिनिधि भने पठाएका थिए।
अभियान्ता दुर्गा प्रसाई र केशर बहादुर विष्टले सुवेदीले पार्टी छोडेर स्वतन्त्र भएको बताउनुपर्ने माग गरेपछि लगत्तै संयोजक सुवेदीले राप्रपा परित्याग गरेको घोषणा गरेका थिए । जुन उनको लागि निकै घातक साबित भएको छ ।
उनको राजीनामा पछि राप्रपाका अन्य नेताहरु लाई समितिमा बस्न नैतिक दबाब परेको छ भनी अध्यक्ष लिङ्देनले सुवेदीको नेतृत्वमा गठन भएको समितिले गरेको कामको कुनैपनि दायित्व राप्रपाले नलिने स्पष्ट पारेका छन् ।
कार्यक्रमको सुरुमा बोलेका सुवेदीले अब राजावादी संघसंगठनले एकअर्काको विरोध नगर्ने संयुक्त कार्यक्रम तय गरेर अगाडि जाने बताएको केही समयपछि बोलेका अभियान्ता प्रसाईले १५ गते जनविद्रोह गर्ने घोषणा गर्दै राप्रपा लगायत सबैलाई सहयोग गर्न दबाब दिए । यसले राजावादीहरुमा छलफल र समन्वयको अभाव रहेको प्रष्ट देखिन्छ । 











