४ चैत्र २०८१, काठमाडौ।

राप्रपा अनुशासन समितिका संयोजक समेत रहेका राप्रपा नेता नवराज सुवेदीकाे संयोजनमा तेस्रो जनआन्दोलनको घोषणा गरिएको छ ।  राजसंस्था र हिन्दुराज्य पुनः स्थापनाका लागि ठुला दलहरू छिटो नवीन समझदारीमा आउनु भन्ने उद्देश्यका साथ सुवेदीको नेतृत्वमा तेस्रो जनआन्दोलन घोषणा गरिएको छ ।  सबै राजावादीहरु लाई एकढिक्का बनाएर आन्दोलनमा लैजान लागि दरबारकै चाहना बमोजिम सुवेदी लाई अगाडि सारिएको उच्च श्रोतले बतायो ।

दुर्गा प्रसाई , केशर बहादुर विष्ट, राप्रपा, राप्रपा नेपाल, शिवसेना लगायतका राजावादी संघसंस्था र पार्टीलाई एकढिक्का बनाउनु सुवेदीको मुख्य लक्ष्य रहेको भएपनि आजकै मिति बाट संयोजक सुवेदीले राप्रपाको साधारण सदस्य समेत त्यागेको घोषणाले थप अन्योल थपेको सहभागीहरुले बताएका छन् ।

८४ वर्षीय सुवेदी लाई सबैलाई मिलाएर लैजान जती चुनौती छ त्यो भन्दा बढी गणतन्त्रबादीहरु लाई सहमतिमा ल्याउन छ । तर सुवेदीले आफूहरुले उठाएको मागलाई कमजोर नठान्न चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय