४ चैत्र २०८१, काठमाडौ।

काँग्रेस, एमाले र माओवादी केन्द्रका सहित शीर्ष ३ नेताहरुबीच भेटवार्ता हुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पहलमा प्रमुख दलका नेतृत्वबीच आज साँझ भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ६ बजे प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच भेटवार्ता तय भएको उच्च स्रोतको दाबी छ ।

सडकमा राजावादीहरुको प्रदर्शन बढ्न थालेपछि दाहालले नै पहलकदमी लिएर गणतन्त्रवादीहरुबीच सघन छलफलको आवश्यकत्ता औंल्याउँदै भेटवार्ताको प्रस्ताव राखेका छन्  । मन्त्रिपरिषद् बैठक सकिएलगत्तै शीर्ष नेताहरु आपसी छलफलमा जुट्ने जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय